‘समय र प्रविधिको पदचाप पछ्याउँदै’ कान्तिपुर चौविसौँ वर्षमा


देशकै अग्रणी सञ्चार संस्था कान्तिपुर पब्लिकेसन्स चौबिसौँ वर्षमा प्रवेश गरेको छ।

19022016090207kantipur-day23rd_kantipur_day_award_by_hemanta_shrestha_57-1000x0कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले कान्तिपुर पब्लिकेसन्सको तेइसौं वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै ‘निजी क्षेत्रबाट दिगो सञ्चार उद्योग चलाउने र व्यावसायिक पत्रकारिताको संस्थागत जग बसाल्ने संकल्प सामूहिक प्रयत्नबाट मात्र सम्भव भएको’ बताएका छन्।

फागुन ७ गतेको कान्तिपुरको प्रकाशकीयमा लेखिएको छ-

कान्तिपुर सदैव समय र प्रविधिको पदचाप समातेर हिँड्छ। यस वर्ष हामीले हाम्रो न्युज पोर्टल ‘ई–कान्तिपुर’ को विस्तार एवं विविधीकरण गरेका छौं, जसलाई संसारभर फैलिएका हाम्रा पाठकले उत्साहपूर्वक रुचाउनु भएको छ। यसले हामीलाई छापासँगै अनलाइन पत्रकारिताको बृहत्तर विकासका लागि प्रोत्साहित गरेको छ। कान्तिपुरका समाचार, विचार र विश्लेषणहरू सदाझैं स्वच्छ, व्यावसायिक र मुद्दा विशेषमा आधारित हुनेछन्।

भारतका पत्रकार एवं सञ्चार उद्यमी श्याम गोयन्काले स्थापना गरेको कान्तिपुरको प्रकाशन २०४९ साल फागुन ७ गतेबाट सुरु भएको हो।

कान्तिपुर पब्लिकेसन्सले कान्तिपुर (दैनिक), द काठमान्डु पोस्ट (अंग्रेजी दैनिक), साप्ताहिक, नेपाल साप्ताहिक र सर्वोत्तम नारी प्रकाशन गर्छ। यसले २०५७ वैशाख १ देखि समाचार पोर्टल इकान्तिपुर डट कम पनि सञ्चालन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.