खाना पकाउने काम महिलाको मात्र हो? अनलाइनखबर त यही भन्छ


अहिले नेपालमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास लगायत इन्धनको अभाव छ। तराई मधेसमा करिब तीन महिनादेखि चलेको आन्दोलन र भारतको ‘अघोषित नाकाबन्दी’ ले इन्धनमात्र होइन, अन्य उपभोग्य बस्तुको पनि अभाव चुलिँदैछ। यसबीचमा मिडियामा यसका बारेमा खुब समाचार सामग्री आएका छन्।

इन्धन अभावसँग जुध्ने एउटा उपाय यसको खपतमा मितव्ययीता अपनाउनु पनि हो। अनलाइनखबरले एउटा सामग्री प्रकाशित गरेको छ ग्यासको खपत कम गर्ने तरिका सुझाउँदै उसले शीर्षक लेखेको छ- ग्यास बचत गर्न गृहणीलाई १२ टिप्स

समाचार सामग्रीमा सुझाएका टिप्स यस्ता छन्-

onlinekhabar

टिप्सहरु सबै राम्रा छन् तर समाचार सामग्रीको शीर्षक, प्रयोग गरिएको चित्र र समाचारको पहिलो वाक्य हेरेपछि एउटा प्रश्न आयो- पकाउने काम महिलाले मात्रै गर्छन्? समाचारले त त्यही अर्थ दिन्छ। ग्याँसको चिन्ता विद्यार्थी, पुरुष, भान्से सबैलाई परेको छ तर समाचारमा त त्यस्तो परिकल्पना देखिन्न। यसमा त पकाउने काम महिलाको मात्रै हो भन्ने निहितार्थ देखिन्छ।

तपाईँको प्रतिक्रिया के छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.