९३ करोड भारु काण्डः प्रमाणविनाको पत्रकारिताका १० नमुना


तपाईँलाई थाहा छ प्रधानमन्त्री निर्वाचनलाई प्रभावित पार्न ठूलो आर्थिक चलखेल भयो रे नि?

एसबीआई बैंकको एउटा खातामा ९३ करोड भारतीय रुपैयाँ भारतबाट ट्रान्सफर भयो रे।

अझ सुन्ने हो? चेन्नइको एक बैंकबाट नेपालस्थित भारतीय दूतावासका कर्मचारीको नाममा उक्त रकम आएको हो रे।

ए ती कर्मचारीको नाम पनि सार्वजनिक भैसकेछः टुराई मार्गन।

पत्याउनु भएन?

पत्याए पत्याउनुस्, नपत्याए नपत्याउनुस्, मिडियाले त्यही लेखेका छन्। सोसल मिडियामा पनि चर्चा यही कुराको छ। नपत्याएर भयो?

९३ करोड भारुको काण्ड पत्याए पनि नपत्याए पनि एउटा कुराचाहिँ स्पष्ट छः केपी शर्मा ओली नेपालको प्रधानमन्त्री बनेका छन्। दोस्रोपटक प्रधानमन्त्री बन्ने सुशील कोइरालाको चाहना भने चाहनामै सीमित भयो।

कतिपय समाचार पोर्टलले ९३ करोड भारुबारे समाचार सामग्री लेखेका छन्। ती सबै समाचारहरु ‘स्रोत’ तथा ‘उच्चस्रोतमा’ आधारित छन्।

हामीले भेटेसम्मका समाचारका लिंक र स्क्रिन्सट यहाँ राखेका छौँ, अब तपाईँ आफै छुट्याउनुस् यी समाचार सत्य हुन् वा हल्लामात्र।

मिडियाले सत्य कुरा लेख्छन् भन्ने अपेक्षा न हो।

DainikNepal.com

KathmanduToday.com

NayaPage.com

Onlinepatrika.com

WeeklyNepal.com

Bizpati.com

NayaKhabar.com

NonStopKhabar.com

Muldharnews.com

NepalKanoon.com

माइसन्सारमा पढ्नुहोस्ः ९३ करोड भारुको हल्लाको सत्य

3 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.