लौ आयो ताजाखबरः नामै नसुनेको अनलाइनले पछार्‍यो इकान्तिपुरलाई !


दुई वर्षअघि Alexa मा Yahoo लाई जित्दा अनलाइनखबरले हेडलाइन बनाएको थियो- ‘अनलाइनखबरले याहुलाई जित्यो’ (Page not found)।

फेसबुकमा भने यो पोस्ट भेटियो।

Online Khabar Topped Yahoo Facebook Screenshootअनलाइनमा समाचार पढ्ने धेरैले नेपालमा सबैभन्दा ‘चर्चित’ न्युज पोर्टल अनलाइनखबरलाई नै मान्छन्। किनभने यो यो नेपालमा वेबसाइटमध्ये Alexa मा एक नम्बरमा छ। यो भन्दा अघि Facebook, Google, YouTube र Google Nepal छन्। पाँचौ नम्बरमा छ अनलाइनखबर।

अनलाइन पत्रकारबीच कुरा भएको सुनिन्छः

  • तेरो अनलाइन कतिमा छ?
  • मेरो त Alexa मा Rank नै बढेन।
  • फलानो अनलाइन त माथि छ।
  • एलेक्सामा Rank कसरी बढाउने?

आदि आदि।

विज्ञापनदातालाई कुनै पोर्टलको ‘पुपुलारिटी’ देखाउने एउटा आधार Alexa पनि हो। अझ मुख्य आधार नै होला नेपालमा।

हिजोसम्म Alexa मा अनलाइनखबर पछाडि क्रमशः सेतोपाटी र इकान्तिपुर थिए। तर आज फ्याट्ट एउटा समाचार पोर्टल देखापर्‍यो। त्यो पनि पहिला खासै नामै नसुनिएको। इताजाखबर डट कम नामको।

Alexa Ranking_News Portals from Nepal_Nepal Media Criticism_Digital Nepalयो सामाग्री पोस्ट गर्दासम्म ‘एक नम्बर’ अनलाइनखबर पछाडि दोस्रोमा सेतोपाटी र तेस्रोमा इताजाखबर छन्। हालै डिजाइन परिवर्तन गरी ‘न्युज एग्रिगेटर’ बनेको इकान्तिपुर चौँथोमा पुगेको छ। (यो पनि पढ्नुहोस्ः इकान्तिपुरको नयाँ साइटका सात समस्या)

कान्तिपुरलाई पछार्ने साइटबारेको जानकारी ऋषिकेश दाहालले ट्विट गरेः

समाचार पोर्टल कति विश्वसनीय छन् भनेर केही समयअघि Alexa कै आधारमा सञ्चालक संस्था, सञ्चालक वा सम्पादक मध्ये कम्तिमा दुईवटाको साइटमा जानकारी उपलब्ध नेपाली समाचार पोर्टलको सूची News Portals in Nepal मिडिया कुराकानीमा राखेका थियौँ।

रातारात इकान्तिपुरलाई उछिन्ने यो जादुमय वेबसाइटको पनि परिचय जान्न मन लाग्यो। तर साइटमा कहीँ कतै यी तिनवटै जानकारी रहेनछन्। About Us पेजमा त बरु टन्न गुगल एड रहेछन्।

Etajakhabar About Us PageDomain Registration गर्ने वेबसाइट GoDaddy का अनुसार यसको दर्ता मलेसियाबाट भएको छ। दर्ता गर्ने व्यक्तिको नाम प्रेम बिके र संस्थाको नाम अपराजित प्रेम राखिएको छ।

Etajakhabar Details GoDaddy Dataफेसबुकमा यसको १५ लाखभन्दा बढी फलोवर (Likes) रहेछन्।

धेरै विज्ञापनदाताले पनि कुनै साइटको Alexa Ranking हेरेर विज्ञापन दिने चलन छ। अनलाइनमा काम गर्ने पत्रकार पनि खुब Alexa कै चर्चा गरिरहेका हुन्छन्। तर यो साइट आफैमा कति विश्वसनीय होला? भिजिटर संख्याका पछि लाग्न भन्दा समाजलाई आवश्यक गुणस्तरीय समाचार सामग्री उत्पादनमा ध्यान दिए मात्र अनलाइनको विश्वसनीयता र बजार बढ्ने हो। अनलाइन सञ्चालक, विज्ञापन दाता र पत्रकारले यता पनि सोच्ने हो कि?

हेर्दै जाउँ, कुन दिन यो नामै नसुनेको न्युज पोर्टलले अनलाइनखबरलाई Alexa मा पछि पारेर समाचारको  हेडलाइन राख्ने हो- ‘इताजाखबर एक नम्बर, एलेक्सामा अनलाइनखबरलाई जित्यो’।

कि कसो?

4 Comments

  • राज (#)
    August 28th, 2015

    ताजाखबर हैन हावा खबर जस्तो लाग्छ। कपी पेस्ट समाचार।

  • Rahul Rauniyar (#)
    August 28th, 2015

    Haha I know how he topped alexa…There is trick for everything… approving adsense…increasing adsense earnings…seo…visitors…rankings….if something is on online it surely can be breached and there is always a loop hole …….

  • rabin (#)
    August 31st, 2015

    किन नाम नसुन्नु? उहिलेदेखि इताजाखबरको फेसबुक हेर्दै आएको हो मैले। नेपालीको डाहा गर्ने बानी, जित्यो भनेर बधाइ दिन त कहाँ छ कहाँ, हेर डाहा गरेको ! त्यसैले हो नेपाल पिछडिएको। बधाई छ इताजालाई मेरो।

  • Desraj Neupane (#)
    September 3rd, 2015

    कपी पेस्ट र नचाहिँदो हेडलाइन बनाएर राख्ने बाहेक अरु केही पनि छैन यस्मा। न सही समाचार हुन्छ। गुगल एडमा भिजिटरले कसरी क्लिक गर्छन् भन्ने ध्याउन्न मात्रै छ। यसको कन्टेन्ट राम्रो भएर अगाडि आएको होइन, १५/१६ लाख फेसबुक लाइक भएरमात्र हुने भए त मेरो लभ्ली कुकुरको साइट पनि नम्बर १ मा आउँथ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *