इकान्तिपुरको नयाँ साइटका सात समस्या


ekantipur imageकान्तिपुर मिडिया ग्रुपले समाचार पोर्टल इकान्तिपुर डट कमको नयाँ डिजाइन गत मंगलबार मध्यरातमा सार्वजनिक गर्‍यो। अब यो समाचार पोर्टलबाट ‘एग्रिगेटर’ अर्थात विभिन्न साइटका समाचार एकै ठाउँमा देखाउने साइट बनेको छ। कान्तिपुर मिडिया ग्रुपअन्तर्गत रहेको कान्तिपुर डिजिटल कोर्पले दुई वर्षको ब्याकइन्ड रिसर्चपछि मुख्य साइट इकान्तिपुर डट कम र यसअन्तर्गत विभिन्न ७ सबडोमेन नयाँ डिजाइनमा लगेको कान्तिपुरले जनाइको छ।

के छन् त नयाँ साइटमा नयाँ फिचर? के छन् तीसँग सम्बन्धित समस्या?

१. रिडिङ लिस्ट

Reading List Screenshotइकान्तिपुरले ल्याएको एउटा नयाँ फिचर ‘रिडिङ लिस्ट’ हो। यो नेपालका कुनै पनि साइटमा नभएको फिचर हो। समाचार साइट हेर्दैगर्दा सबै समाचार सामग्री पढ्ने समय सबै पाठकसँग नहुन सक्छ। त्यस्तो अवस्थामा के गर्ने? बुकमार्क गरेर राख्नेजस्ता अन्य उपाय त छन् तर साइटमै यस्तो सुविधा भने नेपालका समाचार साइटहरुमा थिएन। इकान्तिपुरले समाचार वा सामग्री सेभ गर्नका लागि रिडिङ लिस्ट दिएको जहाँ तपाईँ लगइन गरेर आफूलाई मन परेको सामग्री लिस्टमा राख्न र आफ्नो अनुकूलतामा पढ्न सक्नुहुन्छ।

तर कान्तिपुरमा रिडिङ लिस्ट बनाउन अनिवार्य रुपमा फेसबुक वा गुगल प्लसबाट लगइन गर्नुपर्ने हुन्छ। मानौँ, म फेसबुक वा गुगल प्लस प्रयोग गर्दिनँ। वा म यसरी लगइन गर्न चाहँदिन भने? कान्तिपुरले पाठकलाई इमेलबाट साइनअप गर्ने सुविधा दिनुपर्थ्यो। फोर्ब्स, न्युयोर्क टाइम्स जस्ता साइटले फेसबुक र गुगलप्लससँगै यस्तो विकल्प दिएका छन्।

२. फोटो

Logoइकान्तिपुरको नयाँ साइटमा हरेक फोटोमा उसको लोगो राखेको देखिन्छ। यतिसम्म कि समाचार संस्था एपीको फोटोमा समेत इकान्तिपुरको लोगो राखेको भेटियो। थर्ड पार्टीको इमेज प्रयोग गर्दा कम्तिमा उसको चिनारीनै ढाक्ने गरी आफ्नो वाटरमार्क देखिनु लज्जास्पद हो | यति मात्रै नभएर कान्तिपुर आफैपनि ‘ग्लोबल प्रोडक्ट’ हो कुनैदिन अन्तर्राष्ट्रिय जगतका समाचार एजेन्सी वा सरोकारवालाले कपीराइटको कानुनी उपचार खोजेमा कान्तिपुरलाई नै अप्ठ्यारो पर्ने देखिन्छ।

फोटोसँगै सम्बन्धित अर्को समस्या फोटो ग्यालरीमा देखिन्छ।

Ekantipur Photo Thumग्यालरीमा रहेका फोटाको थम्बनेल्स क्लिक गर्दा थम्बनेल्सभन्दा फोटो थोरैमात्र ठूलो फोटो देखिनु लज्जास्पद हो। फोटो सानो हुँदा फोटोग्राफरले दिन खोजेको सन्देश नै अस्पस्ट हुन्छ। फोटो ठूलो बनाएर हेर्न फोटो थम्बनेलमा क्लिक गर्नुपर्ने हुन्छ। तर क्लिक गरेपछि इन्लार्ज हुने फोटो थम्बनेल्स भन्दा थोरै मात्र ठूलो हुन्छ। ‘फोटोजेनिक’ साइट बनाएर पनि कान्तिपुरले फोटोलाई न्याय गर्न नसकेको प्रष्ट हुन्छ।

३. साँघुरो कोलम

Column ekantipurइकान्तिपुरको नयाँ साइट तीन कोलमको छ। २:३:२ रेसियो लाग्ने यो कोलमको निर्माण साघुरो छ। समाचार डिस्प्ले गराउने बिचको कोलम सानो देखिन्छ। दायाँतर्फको कोलम पुरै खाली हुँदा पनि बिचको साँघुरो कोलममा समाचार पढ्नुपर्ने बाध्यता देखिन्छ। समाचार साइट भन्दा पनि यो ब्लग डिजाइन जस्तो लाग्छ। हुन त यो होमपेजमात्र हो र समाचार पढ्ने यहाँ हुँदा पनि होइन। क्लिक गरेर अर्को साइटमा गएर समाचार पढ्ने हुनाले यो खासै समस्या होइन भन्न पनि सकिएला। तर तीनवटा कोलम बनाउँदा समाचार देखाउने ठाउँ साँघुरो भएको भने पक्का हो।

४. विज्ञापन

Advertisingकान्तिपुरले ल्याएको अर्को नयाँ फिचर हो- क्लिकका आधारमामात्र पैसा तिर्ने विज्ञापन सेवा। यो ग्लोबल एडसेन्सकोको कन्सेप्ट हो। परम्परागत हिसावले स्पेस बेच्ने भन्दा पाठकको इन्गेज्मेन्ट अनुसार पैसा तिर्ने सुविधानले विज्ञापनदातालाई फाइदा नै हुन्छ। तर त्यो विज्ञापन क्लिक गर्ने प्रयोगकर्ताको तथ्यांक वा त्यसको प्रमाण विज्ञापनदाताले हेर्न पाउँछन् त? त्यसबारेमा कान्तिपुरले केही बोलेको छैन। अनलाइन विज्ञापन बजारमा फेक डाटा ठूलो समस्या हो। विज्ञापनदाताले आफूले दिएको विज्ञापन कसरी लक्षित क्लाइन्टले क्लिक गरे भनेर विश्वास गर्ने? के विज्ञापन क्लिक गर्ने सबैको आइपी ट्रयाक हुन्छ? यदि गर्दैन भने एउटा आइपी बाट १००० क्लिक भए त्यसलाई वैधानिक मान्ने कि नमान्ने? वेब प्रोग्रामिङमा तपाईँको विज्ञापन क्लिक गर्ने सबै अर्गानिक क्लिक नै छ भन्ने आधार के? पे पर क्लिकमा यसलाई कसरी गणना गरिने भन्ने उल्लेख हुनुपर्छ कि पर्दैन? यसलाई तपाईँ शंकामात्र भन्न पनि सक्नुहुन्छ तर ग्लोबल एड पोलिसीमा पारदर्शिता निकै महत्वपूर्ण कुरा हो।

५. कस्टमाइजेसन

Ekantipurइकान्तिपुर साइट पाठकले कस्टमाइज गरेर हेर्न सक्छन्। अर्थात पाठकले कस्ता सामग्री पढ्ने भनेर आफ्नो प्राथमिकता निर्धारण गर्न सक्छन्। साइटको माथि देब्रेपट्टी सेटिङ बटन छ जहाँबाट के पढ्ने के नपढ्ने भनेर छान्न सक्नुहुन्छ। त्यहाँ कान्तिपुरका ७ वटा सबडोमेनमध्ये कुनैलाई पनि ‘अन अफ’ गर्न सकिन्छ। यद्यपी सबडोमेन कस्टमाइज गरे पनि कन्टेन्ट कस्टुमाइज भने गर्न मिल्दैन। एकछिनलाई मानौँ मैले सबै साइट अफ गरिदिएँ, के हुन्छ? इकान्तिपुरको होम पेजमा समाचार डिस्प्ले हुने बिचको कोलम पुरै खाली हुन्छ। हुन त सबै साइट बन्द गरेपछि के देखियोस् त भन्न पनि सकिन्छ तर यो समस्या होइन र? कस्टमाइजेसन दिनु भनेको राम्रो कुरा हो तर पाठकलाई कस्टमाइजेसन बुझाउनु त्यो भन्दा महत्वपूर्ण हो। त्यसका लागि सामग्रीमै कस्टमाइजेसन उपलब्ध गराउनु उत्तम हुन्छ।

६. नेपाली अंग्रेजी छ्यासमिस

प्रश्नले तपाईँलाई हसाउन सक्छ तर इकान्तिपुर के हो? हिजोसम्म हामीले हेरिरहेको इकान्तिपुर र फेरिएको इकान्तिपुर बिच सबैभन्दा ठूलो भिन्नता छ- हिजोसम्म त्यो समाचार पोर्टल थियो, आज न्युज एग्रिगेटर भयो। अर्थात हिजोसम्म इकान्तिपुरका दुइ भर्सन थिए- नेपाली र अंग्रेजी। अरु सबडोमेन पनि यथावत थिए। तर आज इकान्तिपुरको होमपेज अंग्रेजी र नेपाली दुबै भाषाका सामग्री मिसमास भएर आएको छ। अब यो कान्तिपुर मिडिया ग्रुपका ७ वटा सब डोमेनका सामग्री डिस्प्ले गर्ने स्थान भएको छ। अंग्रेजी र नेपाली दुबै सामग्री एकै ठाउँमा देखिँदा कतिपय पाठकलाई त राम्रै लाग्दो होला तर धेरै पाठकलाई यो निको लागेको छैन। कि यो गुगल विज्ञापन लक्षित गरेर गरिएको हुनुपर्‍यो। गुगल एडसेन्सले नेपाली वा नेपालीमात्रै नभँनौ नेपाली जस्ता अन्य थुप्रै भाषामा सिधै विज्ञापन दिँदैन, कस्टमाइजेसनले काठमान्डू पोस्टलाई यहाँ मिसाएर एडसेन्सको ‘रिक्वायरमेन्ट’ पुरा गरेको छ। यो चलाखीपूर्ण कामबाहेक केही नहुन पनि सक्छ।

७. अर्काइभ

(यो समस्या ब्लग पोस्ट भैसकेपछि मिडिया कुराकानीका एक पाठकले देखाउनुभएको हो) : इकान्तिपुरमा यसअघिका समाचारको अर्काइभ छैन। नयाँ साइटमा लैजाँदा पुराना समाचार हराउनु कान्तिपुरकै लागि पनि ठूलो हानी हो। सर्च इन्जिनबाट वा अन्य कतैबाट पुराना लिं खोज्नुभयो भने सिधै इकान्तिपुरको सम्बन्धित सब डोमेनको होमपेजमा पुगिन्छ।

Ekantipur Google Search

यो लिंकमा क्लिक गर्नुस् तर पुगिन्छ होमपेजमाः www.ekantipur.com/np/2071/7/19/full-story/398067.html

एउटा सत्य के भने अब इकान्तिपुर पूर्ण न्युज पोर्टल होइन, यो विभिन्न सबडोमेनको ज्युज एग्रिगेटर हो। र, अर्को सत्य के हो भने अनलाइनखबर डट कमले स्थापित गरेको स्टाटिक न्युजपोर्टल डिजाइनको मान्यतालाई यसले भत्काएको छ। बिस्तारै फराकिलो बन्दै गएको नेपाली अनलाइन पत्रकारितामा साइटको डिजाइन पनि पनि महत्वपूर्ण छ भन्ने मान्यता विकास भैरहेको सन्दर्भमा इकान्तिपुरको नयाँ डिजाइन र समाचार पोर्टलबाट ‘न्युज एग्रिगेटर’ मा भएको सिफ्टले यसको बदलिँदो बजार र प्रतिस्पर्धा पनि देखाएको छ।

तपाईँलाई पनि यसबारेमा केही भन्न मन छ? कमेन्टमा लेख्नुहोस्।

6 Comments

  • लेखकले कान्तिपुरको वेबसाइटको बारेमा उठाएका कुराहरु जायज छन्। कान्तिपुरले पनि बिस्तारै सुधार्दै जाला। यति भनिरहँदा विज्ञापनको बारेमा लेखकले गरेको शंकालाई जायज मान्न सकिएन। जस्तो कि आफ्नो विज्ञापनको कति क्लिक भयो भन्ने कुरा कान्तिपुरले भनिदिएर मात्र प्रमाणित हुने हैन। विज्ञापनदाता स्वयंले पनि कान्तिपुरबाट आफ्नो साइटमा कति भिजिटर आए ट्रयाक गर्न सक्छ। यसको लागि विशेष ज्ञानको जरुरत पनि पर्दैन। उदारणको लागी गुगलको goo.gl लाई लिन सकिन्छ। कुनै युआरएललाई (लिङ्क) गुगलको सर्ट युआरएल (goo.gl) बनाउने हो भने त्यो युआरएल (लिङ्क) कति पटक, कहाँबाट क्लिक भयो सबै हेर्न सकिन्छ।

    हुनलाई अरु पनि युआरएल ट्र्याकिङ टुल्सहरु छन्। त्यसैले मलाई लाग्छ कुनै पनि लिङ्कमा क्लिक गरेर सो लिङ्क कति पटक भिजिट भो थाहा पाउनु ठूलो कुरा हैन होला।

  • Rajat Pradhan (#)
    August 24th, 2015

    yesto thulo one of its kind…, media portal banauda kheri yesto sano sano mistake ta bhai hal6 ni.!!.. aru kasaile garna sakeo ta dhekdaina ma yo nepal ma!!…..aru lye garyo bhanera jash na dine nepali haru ko yestai bani le garda desh ko development yeti pachadi 6…. In the past ekantipur was the biggest Online Portal in whole South Asia… and now its still trying to maintain its position.. unlike others….

  • Prabesh (#)
    August 24th, 2015

    Overall for a news reader like me, new site has many advantages with few disadvantages . I am sure they are working on it to improve it as well. I personally like reading list and ekantipur aggregated site as it has customization options.

  • krishna khanal (#)
    August 26th, 2015

    याे कान्तिपुरकाे साइटमा कान्तिपुर गाेल्ड टिभीकाे कुरा नै छैन।

  • कमल गुरु (#)
    August 30th, 2015

    नेपाली विज्ञापनहरु गुगलको डबलक्लिकको माध्यमबाट चल्छ, जुन कुरा हामीले विज्ञापनमा माउस लाग्यो भने थाहा हुन्छ। अब गुगललाइ नै विश्वास नगर्ने हो भने के भन्नु र खै………..

  • […] यो सामाग्री पोस्ट गर्दासम्म ‘एक नम्बर’ अनलाइनखबर पछाडि दोस्रोमा सेतोपाटी र तेस्रोमा इताजाखबर छन्। हालै डिजाइन परिवर्तन गरी ‘न्युज एग्रिगेटर’ बनेको इकान्तिपुर चौँथोमा पुगेको छ। (यो पनि पढ्नुहोस्ः इकान्तिपुरको नयाँ साइटका सात समस्या) […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *