मिडिया सञ्चालकका दुई संस्थाबीच एकता, मिडिया सोसाइटी नेपाल स्थापना गर्ने


Media Society Nepalनिजी क्षेत्रका प्रकाशन तथा प्रसारण संस्थाहरूको प्रतिनिधिमूलक छाता सङ्गठनका रूपमा क्रियाशील नेपाल मिडिया सोसाइटी र टेलिभिजन ब्रोडकास्टर्स नेपालको (टिबिएन) को मिति २०७२ भदौ ३० गते सम्पन्न संयुक्त कार्य समितिको बैठक तथा प्रथम भेलाले नेपालमा सञ्चालनमा रहेका ब्रोडसिट राष्ट्रिय दैनिक तथा स्याटेलाइट टेलिभिजन प्रसारण संस्थाहरूको वृहत्तर व्यावसायिक हकहितका लागि साझा संस्थाको रूपमा मिडिया सोसाइटी, नेपाल (एम.एस.एन) नामक संस्था स्थापना गर्ने निर्णय गरेको छ।

संस्थाको कार्यसमिति यसप्रकार छः

  • अध्यक्षः कैलाश सिरोहिया (कान्तिपुर पब्लिकेसन्स प्रा.लि.)
  • उपाध्यक्षः भाष्करराज राजकर्णिकार (एभिन्यूज टेलिभिजन प्रा.लि.)
  • उपाध्यक्षः राजु कँडेल (माउण्टेन टेलिभिजन प्रा.लि.)
  • महासचिवः शुभशङ्कर कँडेल (एबीसी मिडिया गुप्र प्रा.लि.)
  • सचिवः मदन लम्साल (न्यू बिजनेस एज प्रा.लि.- आर्थिक अभियान राष्ट्रिय दैनिक)
  • कोषाध्यक्षः शिशिर भट्ट, टीबीआई पब्लिकेशन प्रा.लि. (कारोबार राष्ट्रिय दैनिक)

कार्य समितिका संस्थापक सदस्यहरूमा, कार्यसमितिको संस्थागत पदाधिकारीहरुका साथै,

  • पुष्करलाल श्रेष्ठ (कामना न्यूज पब्लिकेशन प्रालि)
  • महेन्द्र शेरचन, राजधानी पब्लिकेशन प्रा.लि. (राजधानी राष्ट्रिय दैनिक)
  • आर. के. मानन्धर (इमेज च्यानल प्रा.लि.)
  • उज्ज्वल शर्मा, इम्प्रेसन पब्लिकेशन एण्ड मिडिया प्रा.लि. (हिमालय टाइम्स, नेपाली राष्ट्रिय दैनिक)
  • निर्मल गुरुङ, सगरमाथा टेलिभिजन प्रा.लि.
  • जे. के. स्थापित, तराई टेलिभिजन प्रा.लि., (टीटीभी)
  • कृष्णज्वाला देवकोटा, नयाँ प्रकाशन प्रा.लि. (नयाँ पत्रिका राष्ट्रिय दैनिक)
  • ललित अग्रवाल, हिमालयन टेलिभिजन प्रा.लि.
  • अनिल जोशी, नेपाल ब्रोडकाष्टिङ च्यानल प्रा.लि. (न्यूज २४)
  • निरज वंशल, इण्टरनेशनल मिडिया नेटवर्क नेपाल प्रा.लि. (द हिमालयन टाइम्स)
  • भूषण दाहाल, कान्तिपुर टेलिभिजन नेटवर्क प्रा.लि.
  • धर्मेन्द्र सापकोटा, पद्मा मिडिया नेटवर्क प्रा.लि., (भक्ति दर्शन इण्टरनेशनल टीभी)
  • निकिता पौडेल, गोपीकृष्ण इण्टरटेनमेन्ट प्रा.लि. (टीभी फिल्मी)
  • महेश स्वाँर, (कान्तिपुर गोल्ड टीभी)

के गर्छ मिडिया सोसाइटी नेपालले?

नेपालका सबै सञ्चार गृहको साझा संगठन मिडिया सोसाइटी नेपालले संकटग्रस्त अवस्था झेल्न बाध्य नेपालको मिडिया क्षेत्रको सुधार तथा व्यवस्थित गर्नका लागि छिटै नै सरकारसँग छलफल गर्ने निर्णय भएको मिडिया सोसाइटी नेपालका अध्यक्ष कैलाश सिरोहियाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

राज्यको चौथो अंगको रुमपा रहेको मिडिया उद्योगलाई राज्यले विशेष उद्योगको रुपमा मान्यता समेत प्रदान गरी सोही अनुसारको व्यवहार गर्न समेत सरकारसँग जोडदार माग गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ।

‘अर्बौंको लगानी रहेको तथा हजारौँको सङ्ख्यामा रोजगारी प्रदान गरिरहेका नेपालका सञ्चार गृहहरूले सबै किसिमको विषम परिस्थितिमा पनि सूचना सम्प्रेषण गर्ने आफ्नो धर्म निर्वाह गर्न आफूहरू अब झन् क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछौँ’, मिडिया सोसाइटी नेपाल (एमएसएन) का अध्यक्ष कैलाश सिरोहियाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

फोटो तथा विज्ञप्तिः Surya Khadka को फेसबुकबाट साभार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.